arrow

दुई वर्षयताका भूकम्प पीडितलाई ५० हजार दिने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
Nuwakot-Earthquake-2.JPG.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्प पीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औँ बैठकले  जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त बैठकले २०७८ र २०७९ मा गएका भूकम्पबाट पूर्ण रूपमा घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा गरी ५० हजार अनुदान दिने निर्णय गरेको हो। 

यस अवधिमा लमजुङ, खोटाङ, डोटी र बाजुरा केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका ५ हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका सरकारी तथ्यांक रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ