arrow

फेरि बढे कोरोनाका सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
nepal-corona-virus.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बढेका छन् । शुक्रबार ३२ संक्रमित थपिँदा १२ जनालाई मात्र निको भएसँगै संक्रमित बढेका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६० पीसीआर परीक्षणबाट २१ संक्रमित पाइएका हुन् । त्यस्तै ६५६ एन्टिजेन परीक्षणबाट ११ संक्रमित पाइएका हुन् । 

११ हजार १११ जनाले खोप लगाएका छन् । पीसीआर परीक्षणबाट संक्रमित भएका सक्रिय संक्रमित बढेर १२९ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै ११ जना संस्थागत आइसोलेसनमा, ३ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

कोरोनाबाट अहिलेसम्म १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । 

बेवास्ता नै बढी 
नेपालमा कोरोना भाइरसको महामारी द्रूत गतिमा बढिरहेको छ । सात किसिमका ओमिक्रोनका भेरियन्ट अहिले फेलिएका छन् । त्यतिमात्र हैन भारतमा द्रूत गतिमा फैलिएको नयाँ भेरियन्ट एक्सबीएफसमेत नेपालमा देखिइसकेको छ । 

तर सावधानी कमैलेमात्र अपनाएका छन् । परीक्षण गराउन जाने पनि निकै नै कम छन् । घरदेखि अस्पतालसम्म र सार्वजनिक यातायातदेखि कार्यालयसम्म कसैले पनि कोभिड प्रोटोकल लागू गरेको पाइँदैन । 

त्यतिमात्र हैन मास्कसमेत लगाएको पाइँदैन । कोरोना फैलिने सबैभन्दा खतरा अस्पतालमै हुने भए पनि अस्पतालमासमेत बिना मास्क बिरामीदेखि चिकित्सकसम्म हिँडिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत पटकपटक सावधानी अपनाउन भन्दै औपचारिक रुपमा सन्देश दिए पनि सरकारले नै सुनेको छैन । पूर्वतयारीसमेत गरिएको छैन ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ