arrow

प्रचण्डले बोलाएको बैठकमा गएनन् बालेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
balen-walendra-sah-.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) सहभागी भएनन् । फोहोर व्यवस्थापनको समस्याको दिगो समाधानका लागि छलफल गर्न शुक्रबार प्रधानमन्त्री प्रचण्डले बैठक राखेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विषयगत मन्त्रालयका मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिसहित सरोकारवालालाई बोलाएको थियो । तर त्यो छलफलमा उपत्यकाको फोहोर व्यवस्थापनको मुख्य सरोकारवाला काठमाडौं महानगरपालिकाका मेयर बालेन गएनन् ।

बैठकमा बालेनको खोजी भए पनि कसैले केही भन्ने अवस्था रहेन । बैठकमा सम्बन्धित निकायका कर्मचारी र सरोकारवालाबाट फोहोर व्यवस्थापनबारे जानकारीपछि दिगो व्यवस्थापनका विषयमा छलफल भएको थियो । 

बालेनलाई सरकारले शुरुआतदेखि नै साथ दिएको छैन । बागमती किनारका सुकुम्बासी हटाउन संघीय सरकारले सहयोग नगरेको आक्रोश उनमा छ । पटक पटक तालमेल नमिलेपछि बालेनले सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपतिको कार्यालयमा फोहर उठाउन रोकेका थिए । उनीविरुद्व सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चको निर्देशनपछि फोहर उठेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ