arrow

को-को छन् राष्ट्रसङ्घको महासचिव बन्ने दौडमा ?

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
united-nation-flags.jpeg
संयुक्त राष्ट्र सङ्घ । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिव पदका लागि भएको दौडले निर्णायक मोड लिएको छ । महाशक्ति राष्ट्रहरुले पहिलो पटक समर्थन गरेका उम्मेदवार बुल्गेरियाकी क्रिस्टालिना जर्जिएभाको अग्नि परीक्षा लिन राष्ट्रसङ्घीय महासभाले सोमबार जनसमक्ष प्रस्तुत गरेको थियो । 
 
महासचिब पदका अन्य उम्मेदवारहरुमा अर्थशास्त्री तथा कुटनीतिज्ञ जर्जिएभासँगसँगै बुल्गेरियाकै इरिना बोकोभासहित अन्य सात जना पनि छन् । राष्ट्रसङ्घको सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुकाबीच गरिएको अनौपचारिक सर्वेक्षणमा इरिनाले उत्कृष्ट छवि बनाउन भने सकिनन् । 
 
पोर्चुगलका पूर्वप्रधानमन्त्री तथा संयुक्त राष्ट्रसङ्घीय शरणार्थी आयोगका पूर्वप्रमुख समेत रहेका एन्टोनिओ गुटेरेस पनि यस प्रतिस्पर्धामा अग्रपङ्क्तिमा नै छन् । 
 
हाल १९३ सदस्य देश रहेका संयुक्त राष्ट्र सङ्घमा फरकफरक देशका अलगअलग प्रतिनिधिले अनौपचारिक अन्तर्वार्ताबाट सो पदका लागि उम्मेदवार सिफारिस गर्ने नयाँ प्रक्रिया यस पटक सुरु भएको हो । यसबाट महासचिव पदका लागि व्यक्ति छनोटमा पारदर्शिता आउने विश्वास गरिएको छ । 
 
सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुसँग जर्जिएभाको गोप्य तथा अनौपचारिक सर्वेक्षण बुधबार सम्पन्न गर्ने तालिका बनाइएको छ । 
 
राष्ट्रसङ्घको बडापत्रमा सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रहरुले मात्र महासचिवको उम्मेदबार छनोट गरी साधारण सभामा सिफारिस गर्ने व्यवस्था छ । महासचिवको पदावधि पाँच बर्षको हुनेछ भने सो पदमा दुई कार्यकाल भन्दा बढी बस्न पाईंदैन । वर्तमान महासचिव बान की मुनको पदावधि आउदो डिसम्बर ३१ मा सकिँदैछ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ