arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

एमाले उपाध्यक्ष बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
badal-pratik.jpg
तस्बिर– बायाँ बादल, दायाँ प्रतिक ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई आइतबार पुर्जी जारी भएको हो ।

बादल गृहमन्त्री हुँदा बादल नै सक्रिय भएकोसमेत दाबी गरिएको छ । उनका सल्लाहकार रहेका इन्द्रजित राई यसअघि नै पक्राउ परेका छन् । इन्द्रजित पक्राउ परेपछि प्रतीक थापाविरुद्ध पनि यो मुद्दा सोझिएको थियो । 

प्रतीकले भने आफू पहिले नै सचेत भएर आफू यसमा संलग्न नभएको भनी प्रेस विज्ञप्तिसमेत पठाएका थिए । तर अहिले भने प्रहरीस्ले उनी पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

नक्कली शरणार्थी प्रकरणमा एक दर्जन पक्राउ परिसकेका छन् । ठूला अनुहारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृहसचिव टेकनारायण पाण्डे र इन्द्रजित राई हिरासतमा छन् । 

पक्राउ पुर्जी जारी भएका एमाले सचिव (हाल यही काण्डले निलम्बित) समेत रहेका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् । टोपबहादुरका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ