arrow

पूर्व राजारानीबाट अयोध्या पुगी रामको दर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ३१ आइतबार
x-king-queen.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले भारतको अयोध्यास्थित राम मन्दिरमा पुगेर रामको दर्शन गरेका छन् । आइतबार पूर्वराजारानी अयोध्या पुगेर रामको दर्शन गरेको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।  

पूर्वराजपरिवार गत बैशाख २२ गतेदेखि भारतमा रहेको छ । यो भ्रमण कति दिनको हुने भन्ने यकिन नभएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । सचिवालयले यो भ्रमणलाई निजी भ्रमण भनेको छ । 

तर निर्मल निवास स्रोतका अनुसार उक्त भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाट पनि हुनेछन् । यसअघि नै पूर्वराजाले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरिसकेका छन् । 

नेपालमा राजनीतिक अस्थिरता बढिरहँदा पूर्वराजाको यो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

नेपालमै पनि रहँदा गत बैशाख २० गतेको नागरिक अभिनन्दनका क्रममा नेपालगञ्जमा पूर्वराजाले अब आफ्नो गौरव बचाउन सबै एक हुनुपर्ने बताएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ