arrow

मन्त्रीले खादामाला, बुके नलिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
Resham Jugjali.jpg

गण्डकी ।  आफूसँग भेटघाटमा आउँदा खादामाला नल्याउन  मन्त्रीले आग्रह गरेका छन् ।   गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सो आग्रह गरेका हुन् ।  

मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने उनको सचिवालयको सूचनामा उल्लेख छ ।

म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उनी  नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि पुनः मन्त्री बनेका हुन् । अघिल्लो सरकारमा उनी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । 

मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ