arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरलाई अदालत लगिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
topbahadur1.jpg

काठमाडौं ।  भारतमा रहेको भनिए पनि हिजो काठमाडौंबाट पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी माथि प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न आज काठमाडौं जिल्ला अदालतमा लग्ने भएको हो । आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरीले अनुसन्धानका लागि म्याद लिन लागेको हो ।  

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझी काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ परेका थिए । रायमाझी हाल काठमाडौं प्रहरी परिसरमा रहेका छन् ।  

उनी विरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेका थिए । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

शनिबार राति काठमाडौं छिरेको सूचना पाएको प्रहरीले आइतबार साँझ  उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको हो । रायमाझीको खोजी गर्न नेपाल–भारत सीमा क्षेत्रमा पुगेको टोलीले पनि कुनै सुराक फेला पारेको थिएन ।  उनी छापामार शैलीमा पोखरामा बस्दै आएका थिए । 

यो प्रकरणमा रायमाझीसहित अहिलेसम्म १३ जना पक्राउ परेका छन् । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, उनका सहयोगी नरेन्द्र केसी, काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका छन् । 

यस्तै रायमाझीका छोरा सन्दीप, सरकारका सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना अहिले हिरासतमा छन् । 

सो प्रकरणमा मुछिएर पक्राउ पूर्जी जारी भएका तीन जना अझै फरार रहेका छन् । इन्द्रजित राईका छोरा निरज, कांग्रेस नेता आङटावा शेर्पा, रामबहादुर थापा बादलका छोरा प्रतिक थापा फरार भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ