arrow

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार साभेज, स्टोडाट, फेरिङ्गालाई

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
Nobel_Prize.png.png
स्टकहोम । सन् २०१६ को रसायनशास्त्रतर्फको पुरस्कार सुक्ष्म अणु विकास गर्ने यन्त्रको निर्माण गरी भविष्यमा कृत्रिम मांसपेशी निर्माण गरी रोबोट वा कृत्रिम अङ्ग बनाई प्रयोगमा ल्याउन सक्ने अवस्था सिर्जना गरेकोमा फ्रान्स, बेलायत र नेदरल्यान्डका वैज्ञानिक त्रयलाई प्रदान गरिने पुरस्कार घोषणा समितिले जनाएको छ । 
 
फ्रान्सका जा पिएरे साभेज, बेलायतका जे फ्रेजर स्टोडार्ट र नेदरल्यान्डका बर्नाड फेरिङ्गालाई अणु यन्त्रको निर्माण गर्न पु¥याएको योगदानको कदर गर्दै प्रदान गरिन भएको समितिले जनाएको हो । 
 
अणु यन्त्रले नयाँ सुक्ष्म पदार्थको निर्माण गर्ने, ज्ञानेन्द्रियको संवेदनशीलतालाई महसुस गर्ने र शक्ति सञ्चय प्रणालीलाई विकास गर्न मद्दत गर्ने जनाइएको छ । 
 
तीन जना वैज्ञानिकलाई ८० लाख स्वीडेनी क्रोनर अर्थात् करिब आठ लाख ३२ हजार युरोको पुरस्कार रकम प्रदान गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ