- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनीसँग थप बयान लिनका लागि सोमबार बिहान सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
खाँडलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान गर्ने भन्दै चार दिन थप हिरासतमा राखिने छ । खाँडले आफूलाई आफू यो प्रकरणसँग सम्बन्धित नभएको बताए पनि उनले गिरोहलाई भने भेटेको बयानका क्रममा बताएका छन् ।
अहिलेसम्म यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । तीन जना अझै फरार छन् । अर्का आरोपी एमाले सांसद टोपबहादुर रायमाझीलाई हिजो साँझमात्रै प्रहरीले पक्राउ गरेको थियो ।