arrow

टोपबहादुर तीन दिन हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
top-bahadur-rayamajhi-arrested-2080.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन प्रहरी हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । 

अनुसन्धानका लागि रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट अर्घाखाँचीका एक आफन्तको घरबाट पक्राउ गरेको थियो । 

उनलाई बैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही दिनदेखि उनले प्रहरीलाई झुक्याएर फरार भएका थिए । 

सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेपछि उनी फरार थिए । 

हिजो पक्राउ गरी उनलाई आज म्याद थपका लागि अदालत लगिएको थियो । 

रायमाझीसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परिसकेका छन् । तीन जना फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ