arrow

नक्कली भुटानी शरणार्थी प्रकरणले गोर्खालीको शिर झुक्यो – बजगाईँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
rajendra-bajgain-gorkha-1-congress-mp-2079-2022.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नक्कली भुटानी शरणार्थी प्रकरणले गोर्खालीको शिर झुकेको बताएका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सोमबार उनले ‘चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमा बस्न नपाएका युवा नेपालीहरुले गरेको नभइ नेपालमै राज्यसत्ताको बागडोर सम्हालेका महामहिमहरुले गर्नुभएको हो’ भने । 

उनले यो सम्बन्धमा ११ महिनादेखि नेपालमा विदेशी कुटनीतिक नियोगहरुले यसबारेमा जानकारी गराएको भए पनि कसैको पनि इच्छाशक्ति नभएको पाएको बताए । 

उनले भने, ‘भुटानी शरणार्थीहरुको प्रकरण (स्क्याम) का बारेमा चासो राखेको, तत्कालीन गृहमन्त्रीलाई  ज्यूलाई पनि भनेको, कर्मचारीहरुलाई पनि भनेको र यसको निराकरणका लागि आह्वान गरेको कुरा हामीले सुन्यौँ । त्यसपछि उहाँहरुले यसमा चासो देखाउनु भएन । यसप्रति उहाँहरुको कुनै अभिरुची छैन जस्तो देखियो । तर अहिले आएर हाम्रा साथीहरु पनि यस काण्डमा मुछिनु भएको छ । एकातिर भ्रष्टाचारको यस्तो दलदलमा भ्रष्टाचार भन्दा पनि फरक तरिकाको अपराध हामीले हाम्रो सम्मानमा चोट पुगेको छ । गोर्खालीहरुको सम्मानमा चोट पुगेको छ ।’ 

उनले बर्दियाका कांग्रेस सांसद संसद छाडेर माग सम्बोधन गर्न तीन दिनदेखि अनसनमा बसिरहेका बेलामा उनको मागका बारेमा बोल्दै बर्दियाको पुल र चुङखोला गोर्खा जोड्ने पुलको एउटै भएकोसमेत बताए । एउटै ठेकेदार भन्ने बुझिएको उनले बताए । 

त्यस्तै उनले मन्त्रिहरुको बासका लागि भैँसेपाटीमा बन्दै गरेको निवासको बजेट कटौती गर्न मागसमेत गरेका छन् । उनले भने, ‘मैले घुम्दै जाँदा मन्त्रिपरिषदका सदस्यहरुका लागि नयाँ निवास बनिरहेको देखेँ । त्यहाँ बजेट बिनियोजन भइरहेको छ । यति द्रूत गतिमा ती भवनहरु बनिरहेका छन् निवासहरु बनिरहेका छन् भैँसेपाटीमा त्यसको बजेट कटौती गरे के हुन्छ ?’

उनले आफ्नो सम्बोधनका क्रममा उदयपुर सिमेन्ट कारखाना र विदेशबाट आउँदा दुई वटा मोबाइलको सन्दर्भमा पनि गम्भीर विषय उठाएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ