arrow

भारतीय सैनिक क्याम्पमा हमला, ३ जना चरमपन्थीको मृत्यु

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
Indian_army_Camp_Attack.jpeg
एजेन्सी। भारत प्रशासित उत्तरी कास्मिरको कुपवारास्थित एक भारतीय सेनाको क्याम्पमा आक्रमण भएको छ । बिहीबार बिहान भएको सो आक्रमणमा परि तीन जना चरमपन्थी मारिएको एक सैनिक जवानलाई उद्रित गर्दै भारतीय संचार माध्यमले जनाएका छन् । 
 
सेनाका एक अधिकारीका अनुसार चरमपन्थीले क्याम्पमा बिहान ५ बजेतिर हमला गरेको थियो । उक्त आक्रमणपछि सेनाले जवाफी कार्वाही गर्दा तीन जना चरमपन्थी मारिएका छन् । भारतीय सेनापक्ष क्षति भएको भने कुनै विवरण आएको छैन ।  
 
हमलापछि अहिले त्यस क्षेत्रमा सेना उच्च सर्तकताका साथ बसेका छन् । १८ सेप्टेम्बरमा उरीमा भएको आतंकवादी आक्रमणपछि भारत प्रशासित कश्मिरमा सेनाको क्याम्पमा भएको यो दोस्रो आक्रामण हो। 
 
सोमबार विहान बारामुलामा सेनको एक क्याम्पमा आक्रमण हुँद एक सैनिक जवानको मृत्यु भएको थियो । उरी आक्रमणपछि भारत र पाकिस्तानबी तनाव बढ्दै गएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ