arrow

श्रीगणेशको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० जेठ २ मंगलबार
rashifal-horoscope-blue_1618100665.jpg

आजको पञ्चाङ्ग

मिति २०८० जेठ २ गते मंगलबार, इस्वीसंवत मे १६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको द्धादशी तिथि रातिमा ११ः५४ मिनेटसम्म त्यसपश्चात् त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा बिहानमा ८ः५९ बजेसम्म त्यसउप्रान्त रेवति लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति ४६ घटि ५७ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ ।

करणमा कौलव १८ घटि ३७ पलासम्म त्यसपछि गर लाग्नेछ । आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि ४१ पला अर्थात १३ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१७ बजे जयदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः४५ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ३ः०० बजे हुनेछ भने चन्द्रअस्त भोलि दिनमा ३ः३४ बजे हुनेछ ।

आजको राशिफल 

मेष : मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला ।

वृष : वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।

मिथुन : मिथुन राशिको लागि आजको दिन राम्रो रहन सक्नेछ । विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा शत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कट : कर्कट राशिको लागि आज समय शुभ छैन । चाहँदा-चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।

सिंह : सिंह राशिको लागि आज समय राम्रो छैन । आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जना हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने कर्म प्राप्तिको लागि लामो दुरीको विदेश यात्रा हुनेछ ।

कन्या : कन्या राशिका व्यक्तिहरुको आजको समय राम्रो रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । पूराना मित्रसँगको भेटघाटले तपाइँको मनमा उत्साह जाग्नेछ भने नयाँ व्यवसाय सञ्चालन गर्नेतर्फ ध्यान केन्द्रित हुनेछ ।

तुला : तुला राशिको लागि आज समय राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ । आज धार्मिक यात्राले विशेष उपलव्धि हासिल हुनेछ । छोराछोरीको पढाइको उत्कृष्ट नतिजाले परिवारमा निकै खुशीयाली छाउने दिन पनि आज रहेको छ ।

वृश्चिक : वृश्चिक राशि भएका व्यक्तिहरुको लागि आज समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

धनु : धनु राशि भएका व्यक्तिहरुको लागि आज समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मकर : मकर राशि भएका व्यक्तिहरुको लागि आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

कुम्भ : कुम्भ राशिको लागि आजको समय त्यति राम्रो देखिंदैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आज आफन्तसँगको आर्थिक कारोबार र टाढाको यात्रामा सतर्क हुन आवश्यक छ ।

मीन : मीन राशिको लागि आज समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ । आज सरकारी कामबाट तपाइँलाई आर्थिक लाभ हुनेछ ।

साइतः सूर्य वृष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः१८ बजेदेखि      ०६ः५६ बजेसम्म     रोग बेला
बिहान ०६ः५७ बजेदेखि      ०८ः३८ बजेसम्म     उद्धेग बेला
बिहान ०८ः३८ बजेदेखि      १०ः१९ बजेसम्म     चर बेला
बिहान १०ः१९ बजेदेखि       १२ः०० बजेसम्म     लाभ बेला
दिनमा १२ः०० बजेदेखि       १ः४२ बजेसम्म      अमृत बेला
दिनमा १ः४२ बजेदेखि        ३ः२२ बजेसम्म      काल बेला
दिनमा ३ः२२ बजेदेखि        ५ः०३ बजेसम्म      शुभ बेला
साँझ ५ः०३ बजेदेखि        ६ः४४ बजेसम्म      रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ