arrow

मासकुण्डलीमा दशमभावको स्वगृही शनि, राज्य व्यवस्थामा प्रवाह र निर्णायक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
monthly-horoscope.jpg

मासिक फल : यस महिनाको जागतिक परिस्थितिले सामान्यतः उत्तम समय रहने देखिन्छ । सोमबारको संक्रान्ति र शुक्रबारको औंशीले सामान्य जनमानसलाई केही सहजताको अनुभूति हुनेछ । बजारभाउमा केही सन्तुलित रहने देखिन्छ । शेयर बजारमा पनि केही उत्साहजनक वातावरण सिर्जना हुनेछ ।

वृष राशिका सूर्यले जौ, चना, गुड, घिउ, तिल, तेल, आलसी, सुती, सुन आदि वस्तुको भाउ भने तेज रहने देखिन्छ । मासकुण्डलीमा दशमभावको स्वगृही शनि, राज्य व्यवस्थामा प्रवाह र निर्णायक रहनेछ ।

जसका कारण केही सकारात्मक वातावरणको आभास गराउनेछ । वायु बतासको प्रकोप भए पनि यस महिनाको ८, १२, १४ गतेदेखि १८ गतेसम्म तथा महिनाको अन्तिम साता मेघ बादल र जल वर्षाको योग देखिएको छ ।

यस महिनामा दही, भातका साथै गर्मी याममा हितकर वस्तुहरु पंखा, छाता, आदिको दान, वरपिपलको चौतारी निर्माण, पिपलमा जलार्पण गर्नाले वंश वृद्धि हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

मासिक राशिफल :

मेष : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट दोश्रो भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढावका सम्भावना देखिन्छन् । व्यापार र पेसागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ । यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ, सचेत रहनु उत्तम हुनेछ । यस्तै, राज्यपक्षबाट अपमान हुनेछ । तेल, ग्यास, फलाम, खनिजसम्बन्धी कार्य गर्नेलाई नोक्सान हुनेछ । सन्तानबाट असन्तुष्ट हुनेछ । अध्ययनमा अवरोध, प्रेममा अवरोध हुनेछ । फलाम तथा माटोसम्बन्धी कार्य गर्नेलाई हानी नोक्सानी बेहोर्नु पर्नेछ । मनमा नकारात्मक कुराहरू उत्पन्न हुन सक्नेछन् । आइतबारको दिन सूर्यलाई जल चढाउँदा शुभ रहनेछ । सेना, पुलिस, होटेल, आगोसम्बन्धी कार्य गर्नेलाई नोक्सान रहेको छ । चोटपटक लाग्न सक्नेछ । मावलीपक्षबाट नोक्सान बेहोर्नु पर्नेछ । हनुमान चालिसा पढ्ने गर्दा शुभ रहनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम, शुभ अङ्क १ रहेको छ ।

वृष : यो महिना सूर्यको गोचर तपाईंको राशिमा अर्थात् लग्नमा हुनेछ । यो महिना तपाईंले पेसा, व्यवसाय, रोजगारी आदिमा राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । तपाईं सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईंलाई फाइदा हुनेछ । यस समयमा तपाईं मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईं भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा वृद्धि हुनेछ । पदोन्नति वा स्तरवृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ। आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ जसले तपाईंमा अहंकार को भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ । यस्तै, सरकारी क्षेत्रमा रहेकालाई सामान्य रहेको छ । वैदेशिकसम्बन्धी कार्य शुभ रहेको छ । आमासंग सुख प्राप्त रहनेछ । चोट पटकको सम्भावना रहेको छ । होटेलसम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । प्रेममा सफलता रहेको छ । विद्यार्थी वर्गलाई महिनाको शुरुमा लाभ रहेता पनि अन्त्यतिर केही खराब हुनेछ । प्रेस तथा पत्रकारितासम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । विरोधीपक्षबाट पीडा रहेको छ । भोग विलाससम्बन्धी कार्य गर्नेलाई महिनाको शुरुआतीमा राम्रो, महिनाको अन्त्यतिर खराब रहेको छ । कालो शुभ रङ्ग, शुभ दिशा दक्षिण रहेको छ ।

मिथुन : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । पारिवारिक तथा प्रेम जीवनमा पनि केहि असमझदारी तथा झगडाहरुको सम्भावना रहेकाले मिलेर समझदारीमा रहनुपर्छ । यस्तै, सन्तानबाट सुख रहेको छ । शारीरिक सुख प्राप्त हुनेछ । अध्ययनमा शुभ रहेको छ । सन्तानलाई खर्च रहने छ । शृङ्गारिक सम्बन्धी कार्यबाट लाभ रहेको छ । विरोधीपक्षहरु धेरै रहने छन् । सेना पुलिससम्बन्धी कार्य गर्नेलाई सावधानी रहनुपर्ने देखिन्छ । सूर्यको आराधना गर्नु पर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । राज्यपक्षबाट मान सम्मान मिल्ने देखिन्छ । महिनाको शुरुआतीमा आर्थिक श्रोतहरू प्रशस्त मात्रामा देखा पर्नेछन् । राजनीतिक क्षेत्रमा रहेकाहरुलाई शुभ फल प्राप्त रहने देखिन्छ । संन्तानदेखि शुभ समाचार सुन्न पाइनेछन् । शुभ रङ्ग पहेँलो, शुभ दिशा उत्तर रहेको छ ।

कर्कट : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट एघारौँ भावमा हुनेछ । तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन् । तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रशन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता को तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । यस समयमा गरिएका कारोबारहरू सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथसहयोग मिल्न सक्छ। आय आर्जनका मार्गमा सुधार आउने छ । यस्तै, धन आर्जनमा वृद्धि, विरोधीपक्ष परास्त हुनेछन् । फलाम, छाला सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । विद्यार्थीमा लाभ दायक समय हुनेछ । कला सङ्गीतमा लाभ रहेको छ । यन्त्रतन्त्र मन्त्र सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । धनधान्य वृद्धि रहनेछ । दाजुभाइ सित शुभ रहनेछ । वैदेशिक क्षेत्र शुभ रहनेछ । धन लाभ हुने देखिन्छ । सन्तानबाट लाभ रहनेछ । यात्रामा लाभ, धार्मिक यात्रामा सरिक हुनेछ । प्रेममा सफलता रहनेछ । सरकारी पदमा रहनेलाई शुभ रहनेछ । राजनीतिक क्षेत्रमा रहनेहरूलाई लाभ रहनेछ । कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । सूर्यको आराधना गर्दा अझ राम्रो हुनेछ । विद्यार्थी वर्गमा लाभ रहनेछ । सामाजिक क्षेत्रमा लाभदायक नै रहनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व रहेको छ ।

सिंह : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट दशम भावमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ । व्यवसायीहरूले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन् । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्न सक्ने समय हो । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ । मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ । यस्तै, आँट हिम्मत बढ्ने छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार रहनेछ । फसेका धन प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेलाई लाभ, राजनीतिकमा पनि लाभ रहेको छ । रोगबाट डर हुनेछ । बुवा आमाको स्वास्थ्यमा खराब हुनेछ । हातहतियारबाट चोटपटक लाग्न सक्नेछ । आकस्मिक धनलाभ हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । प्रेस तथा पत्रकारिता सम्बन्धी कार्यबाट लाभ हुनेछ । बैदिक कार्यमा लाभ हुनेछ । आभूषण तथा भोगविलास सम्बन्धी कार्यबाट लाभ हुनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम रहेको छ ।

कन्या : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । दैनिक खर्चमा वृद्धि हुन सक्छ । यस्तै, शुक्र दोस्रो भावमा हुँदा भोगविलास, राजनीतिक क्षेत्रमा लाभ हुनेछ । धन धान्यबृद्धि हुनेछ । पर्यटन, कलाकारिता क्षेत्रमा रहेकालाई लाभ हुनेछ । बोलीको प्रभावबाट धनलाभ हुनेछ । महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारणले धनलाभ हुनेछ । बोल्दा कम बोल्नुका साथै सावधानी अपनाउनु पर्ने देखिन्छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । विरोधीपक्षबाट सावधानी, वैदेशिक कार्यबाट लाभ हुनेछ । सेना, पुलिस सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । धार्मिक कार्यमा खर्च बढ्ने देखिन्छ । विद्यार्थीवर्गले सावधानी अपनाउनु पर्ने देखिन्छ । शुभ रङ्ग हरियो, शुभ दिशा दक्षिण रहेको छ ।

तुला : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन् । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । यस्तै, शुक्र ग्रहको प्रभावको कारणले सुखका साथै विरोधीपक्ष परास्त हुनेछन् । शारीरिक उमङ्गता बढ्ने छ । श्रृगाङ्गिक सम्बन्धी, भोगविलास, प्रेम, कला, सङ्गीत क्षेत्रमा रहेकालाई शुभ फल दिनेछ । महिनाको पहिलो हप्ता सञ्चित धन नोक्सान हुनेछ । यन्त्र, तन्त्र, मन्त्रको प्रयोग गर्नेलाई लाभ हुनेछ । हरियो बोट बिरुवाको कारोबार गर्दा लाभ हुनेछ । पापकर्म बढ्ने देखिन्छ । सेना, पुलिस, मेशिनरी सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेममा अवरोध रहन्छ । वैदेशिक क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छ । शरीरको अलि हेरविचार गर्नु पर्ने देखिन्छ । ठेकेदारी सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विद्यार्थीवर्गले अलि मिहिनेत गर्नु पर्ने देखिन्छ । शुभ रङ्ग गुलाबी, शुभ दिशा पूर्व रहेको छ ।

वृश्चिक : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट सप्तम भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवन साथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ । धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्न सक्छन् । विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन् । यस्तै, विदेश सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधीपक्ष परास्त हुनेछन् । राजनीतिक, गीत सङ्गीत, पर्यटन, डेकोरीसन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारण धन नोक्सान हुन सक्नेछ । लेखक, पर्यटन, फलाम, शिशा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा लाभ हुनेछ । प्रेममा अवरोध हुनेछ । धन हानी हुनेछ । सन्ततीबाट हानी ब्यहोर्नुपर्ने छ । सेना, पुलिस, सुरक्षा सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । भौम ग्रहको आराधना गर्नुका साथै ग्रहको पूजा, जप गर्नु पर्दछ । फजुल सम्बन्धी बढ्ने देखिन्छ । सरकारी क्षेत्रमा रहनेहरूले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।

धनु : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट छैठौं भावमा हुनेछ । यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ । यो समयमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ । यस्तै, यस महिनामा आर्थिक लाभ हुनेछ । ठेकेदारी सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा समय बित्ने छ । मान्यजनको स्वास्थ्यमा खराब हुनेछ । सरकारी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधीपक्ष परास्त हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । विद्यार्थीवर्गमा लाभ हुनेछ । वैदेशिक कार्यबाट लाभ हुनेछ । औजार सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । सेना, पुलिस सम्बन्धी कार्य गर्ने लाई लाभ हुनेछ । सरकारीपक्षबाट लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । प्रेस तथा पत्रकारिता क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । भोगविलास सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ ।

मकर : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट पञ्चम भावमा हुनेछ। यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ । यस अवधिमा विद्यार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडि परिनेछ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । प्रेम जीवनमा उतारचढाव आउनेछ । आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ । यस्तै, यो महिनामा कार्यमा सिद्धि हुनेछ । आँट हिम्मत बढ्ने देखिन्छ । पैतृक सम्पत्तिबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहनेलाई लाभ हुनेछ । तेल, फलाम सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । सरकारी कार्यमा रहनेलाई लाभ हुनेछ । वैदेशिक कार्यमा रहनेलाई लाभ हुनेछ । रोगबाट भय हुनेछ । मेशिनरी सम्बन्धी कार्य गर्नेले अलि सावधानी अपनाउनु पर्नेछ । शत्रु वृद्धि हुनेछन् । सेना, पुलिसमा रहनेले सावधानी अपनाउनु पर्नेछ । रोगबाट भयका साथै धन क्षय हुनेछन् । लेखन कार्य, पत्रकारिता क्षेत्रमा रहने लाई लाभ हुनेछ । सिपलाई प्रयोग गर्नु पर्नेछ । धन प्राप्त हुनेछन् । सुख सुविधा प्राप्त हुनेछ । प्रेममा महिनाको मध्य पछि लाभ छ । विद्यार्थीवर्गमा लाभ रहेको छ । शुभ रङ्ग ध्वाँसे, शुभ दिशा पश्चिम रहेको छ ।

कुम्भ : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ । मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुन सक्छ । पेटसम्बन्धी समस्या स्वास्थ्यमा आउन सक्छ। प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि सामान्य रहने छ । यस्तै, आर्थिक लाभ हुनेछ । सोचेका कार्य पूरा हुनेछ । प्रेममा सफलता रहेको छ । अग्रजबाट लाभ हुनेछ । पराक्रम बढ्ने देखिन्छ । आभूषण सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । गीत, कला सङ्गीत, क्षेत्रमा रहनेलाई लाभ हुनेछ । घर, जमिन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुनेछ । धन लाभ हुनेछ महिनाको शुरुका दिनमा । वाककला सम्बन्धी कार्य गर्ने, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । खानपिनमा अलि सावधानी अपनाउनु पर्ने छ । विद्यार्थीवर्गमा शुरुका दिनमा शुभ रहेको छ । महिनाको अन्ततिर विद्यार्थीवर्गमा नोक्सान रहेको छ । विरोधीपक्षबाट नोक्सान बेहोर्नु पर्नेछ । कान्ति क्षेत्र हुने देखिन्छ । सूर्य ग्रहको आराधना गर्नु पर्नेछ । धातु, शिशा, मोबाइल सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग हरियो, शुभ दिशा पूर्व रहेको छ ।

मीन : यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्राहरु फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद् रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नति प्रगतिको अवसर मिल्नेछ । धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ । तर भाइबहिनीसँग मनमुटाव हुन सक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लक्ष्य प्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावनासमेत छ । यस्तै यस महिनामा पराक्रम वृद्धि हुनेछ । दाजुभाइ, बन्धुबान्धनबाट लाभ हुनेछ । धार्मिक कार्यमा रुची बढ्ने छ । धार्मिक क्षेत्रमा मन लाग्नेछ । मेशिनरी, आगो सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । मेशिनरी, सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शत्रु परास्त हुनेछन् । बुध ग्रहको कारणले आर्थिक लाभ हुनेछ महिनाको अन्तिम तिर । प्रेममा सुधार हुनेछ । लेखन कार्यमा सरिक हुनेलाई लाभ हुनेछ । महिनाको मध्यसम्म अति विपत्ति धन नोक्सान हुनेछ । कला, सङ्गीत, पर्यटन, पत्रकारिता क्षेत्रमा रहनेलाई लाभ हुनेछ । रोगका साथै आकस्मिक धन नोक्सान हुनेछ । सरकारी क्षेत्रमा कार्य गर्नेलाई शत्रुबाट नोक्सान बेहोर्नु पर्नेछ । सूर्य भगवानको आराधना गर्नु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ