arrow

विवाहमा परिणीतिले प्रियंकालाई सुम्पिइन् यस्तो काम

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
priyanka-praniniti.JPG

काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडाले चाँडै विवाह गर्दैछिन् । परिणीतिले पहिलो पटक आफ्नो विवाहको बारेमा खुलेर कुरा गरेकी छिन् । बिहेको मिति वा अन्य तयारीबारे भने उनले अहिलेसम्म केही नबोले पनि इन्गेजमेन्ट लगत्तै शहनाई पनि बजाउने सङ्केत गरेकी छन् ।

हालै परिणीति चोपडाले राघव चड्डासँग इन्गेजमेन्ट गरेकी छन् । इन्गेजमेन्ट दिल्लीको कपुरथला हाउसमा भएको थियो । उक्त समारोहमा प्रियंका हाई प्रोफाइल गेस्टको रूपमा सहभागी भएकी थिइन् । प्रियंका चोपडा आफ्नी बहिनी परिणीतिसँग निकै नजिक छिन् । दुईबीच राम्रो बन्धन छ । अब चोपडा परिवारमा विवाहको तयारी सुरु भएको छ । 

परिणितीको इन्गेजमेन्टपछि प्रियंकाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा कार्यक्रमका केही तस्बिर शेयर गरेकी छिन् । यससँगै राघव र परीलाई बधाई दिँदै उनले अहिले दुवैको विवाहको आतुरताका साथ प्रतीक्षा गरिरहेको लेखेकी छन् । 

प्रियंकाको उक्त पोस्टमा परिणितीले प्रतिक्रिया दिएकी छिन् । उनले प्रियंकालाई विवाहमा कामको जिम्मेवारी पनि दिएकी छन् । उनले कमेन्टमा लेखेकी छन् , 'मिमी दीदी, ब्राइड्समेड ड्यूटीज कमिंग अप।'  उनले दुलही पक्षले गर्नुपर्ने कर्तव्य आउँदै गरेको बताएकी छन्। सन् २०१८ मा प्रियंकाको विवाहमा परिणीतिले सक्दो सेवा गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ