arrow

घट्यो डिजेल र मट्टितेलको मूल्य, घटेन पेट्रोलको 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
nepal-oil-corporation.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै अब डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँमा पाइने भएको छ । तर निगमले पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटाएको छैन । 

भारतीय आयल निगम (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदा पेट्रोल प्रतिलिटर ९.५२ रुपैयाँ घटाएर पठाएको थियो । तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य घटाउन कुनै चासो देखाएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ