arrow

बालकृष्ण खाँडसँगको बयान सकियो, दिए इन्कारी बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
balkrishna-khand-arrest1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले इन्कारी बयान दिएका छन् । मंगलबार राति साढे ९ बजे सकिएको बयानमा उनलाई लगाइएको आरोपमा इन्कारी बयान दिएका हुन् । 

सरकारी कर्मचारीले ल्याएको फाइल सदर गर्ने, सरकार निरन्तर उत्तराधिकारी भएकाले अघिल्लो सरकारले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनले नै सबै कुरा बोलेको र नक्कली प्रतिवेदनबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

‘यो विषयमा मलाई जानकारी नै छैन, मन्त्रालय कुन कर्मचारीले के गल्ती गरेका छन् त्यसको जिम्मेवारी उनै कर्मचारीले लिनुपर्नेछ’, खाँडको बयानलाई उधृत गर्दै स्रोतले भन्यो । 

मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको हो । उनको बयान राति साढे ९ बजे सकिएको कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए । 

उनका अनुसार बयान मंगलबार बिहान साढे ११ बजेदेखि शुरू भएको थियो । त्यस बेलादेखि शुरू भएको बयान नरोकी राति साढे ९ बजेसम्म भएको थियो । 
खाँडको बयान प्रहरीले सोमबार नै शुरू गरेको थियो । 

तर अस्वस्थ्य भएको भन्दै डेढ घन्टा मात्रै बयान भएको थियो । उनको बयान नभए पनि यस प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान प्रहरीले सोमबार लिएको थियो । 

प्रहरीले रायमाझीको बयान साढे ५ घन्टा लिएको थियो । उनको बयान सोमबार नै सकिएको छ । 

सो प्रकरणमा प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ। चैत १२ गतेदेखि शुरू भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ ।

यो प्रकरणमा पक्राउ पुर्जी जारी भएका दुई जना अझै फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ