arrow

कारागारबाटै रेशमले गुहारे नेता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
resham-chaudari.JPG

काठमाडौं ।  सर्वोच्च अदालतले दोषी ठहर गरेसँगै नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले पार्टीका नेताहरूलाई कारागारबाटै डाकेका छन् । डिल्लीबजार कारागारमामा रहेका रेशमले आज नागरिक उन्मुक्ति पार्टीका नेताहरुलाई बोलाएका हुन् ।  

हिजो सर्वोच्चले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको थियो ।चौधरीसहित सात जना विरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सर्वोच्चबाट पनि सदर भएको छ।

योसँगै रेशेमले पार्टीका नेताहरू डाकेका हुन् । आज बिहान १० बजे डिल्लीबजार कारागारमा उनले पार्टीका नेताहरूसँग पछिल्लो घटनाक्रम र समसामयिक राजनीतिकमा कुराकानी गर्ने बताइएको छ । 

नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ । 

कैलालीको टीकापुरमा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी पाइएपछि रेशम डिल्लीबजार कारागारमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ