arrow

शाहरुखलाई कारबाही गर्नेले नै २५ करोड मागेको खुलासा

एनसीबीका अधिकारी तानिए अनुसन्धानको दायरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
sharukh-khan-aryan-son.JPG

काठमाडौं । लागू औषध मुद्दामा पक्राउ गरिएका बलिउड अभिनेता शाहरूख खानको छोरा आर्यन खानलाई फसाउन नार्कोटिक्स कन्ट्रोल ब्यूरो एनसीबी नै लागेको खुलेको छ । 

आर्यनलाई ड्रग्स केसमा फसाउनेले २५ करोड भारू मागेको कुरा खुलेसँगै एनसीबीका केही अधिकारी अनुसन्धानको दायरामा तानिएका छन् । शाहरुखका छोरा आर्यनलाई ड्रग्स मुद्दामा फसाएर पूर्व एनसीबी मुम्बईका प्रमुख समीर वानखेडेको टोलीले २५ करोड रुपैयाँ ठगी गर्ने षड्यन्त्र गरेको आरोप छ । शाहरुखलाई कुनै समय कारबाही गरेका एनसीबी प्रमुख समीरले २५ करोड मागेका थिए । अहिले सीबीआईले समीरसहित उनको टोलविरुद्ध एफआईआर दर्ता गरेको छ । 

समीर  भारतीय राजस्व सेवा का २००८ ब्याचका अधिकारी हुन्। एनसीबीमा समीरको पोस्टिङका ​​क्रममा करिब १७ हजार करोड रुपैयाँको लागुऔषध कारोबारको पर्दाफास भएको थियो । सुशान्त सिंह राजपूत प्रकरणमा पनि समीर वानखेडेको नाम चर्चामा थियो । यस बाहेक अभिनेता शाहरुख खानलाई विदेशबाट फर्किने क्रममा बढी सामान राखेको भन्दै १.५ लाख जरिवाना लगाए कारबाही गरेपछि समीर चर्चामा आएका थिए ।  त्यस्तै विश्वकप ट्रफी पनि वानखेडे विमानस्थलमा रोकेर भन्सार तिरेपछि मात्रै ट्रफी बाहिर निस्कन दिइएको थियो ।

तर आर्यन खानलाई आफ्नो षड्यन्त्रमा फसाउने मामिलामा समीर आफैँ फसेका छन् । आर्यनको ड्रग्स केसमा सीबीआईले छानबिन गरिरहेको थियो। छानबिनको क्रममा केपी गोसावीलाई सीबीआईले साक्षीको रूपमा पेस गरेको छ। वानखेडेले २५ करोड माग गरे पनि गोसावीले १८ करोडमा सम्झौता पक्का गराएका थिए। त्यसबाट उनले ५० लाख कमिसन पाएका थिए।

२ अक्टोबर सन् २०२१ मा मुम्बईबाट गोवा गइरहेको कर्डेलिया क्रुज जहाजमा एनसीबीले छापा मारेको थियो । पार्टी सुरु हुनुअघि नै एनसीबीले अभिनेता शाहरुखका छोरा आर्यन खान, अरबाज मर्चेन्टसहित ८ जनालाई क्रुजबाट पक्राउ गरेको थियो । त्यसमा वानखेडेको नेतृत्वमा भएको थियो भने उक्त शीपमा ड्रग्स बरामद भएको बताइएको थियो।

२८ दिनपछि प्रमाण नपुगेको भन्दै मुम्बई उच्च अदालतले आर्यनलाई छाडेको थियो । शाहरुखका अङ्गरक्षक रवि उनलाई लिन आर्थर रोड जेल पुगेका थिए । मन्नत पुगेपछि त्यहाँ उपस्थित फ्यानले आर्यनलाई ढोल बजाएर स्वागत गरेका थिए । यता अदालतमा एनसीबीको टिम र समीरविरूद्ध मानहानिको आरोप लगाइएको थियो।

आर्यन पक्राउ परेपछि समीरको भूमिकामाथि प्रश्न उठिरहेको थियो । सोही कारण एनसीबीले समीर र उनका केही अधिकृतविरुद्ध सतर्कता अनुसन्धान थालेको थियो । सोही अनुसन्धानको प्रतिवेदनका आधारमा अहिले सीबीआईले समीरलगायतका अधिकारीविरुद्ध एफआइआर दर्ता गरेको छ । जसका कारण आर्यनलाई लागू औषध मुद्दामा फसाएर परिवारबाट २५ करोड रुपैयाँ असुल्ने योजना बनाइएको पनि खुलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ