arrow

भ्रष्टाचारी पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
Nicolas_Sarkozy.jpg
तस्बिर – फाइल ।

पेरिस । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । 

फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ । 

पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए । 

पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन् । 

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानूनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानूनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो । 

दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ