arrow

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
nepal-police12.jpg

चितवन ।  चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका-८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका-५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका-१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । 

उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उनले बताए । भरतपुर महानगरपालिका-१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । 

उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । 

उनीहरुलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । सो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ