arrow

आईएमई पेबाट क्रिस्टल डाइग्नोस्टिकमा भुक्तानी गर्दा १५ प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
Crystal Diagnostic-01.jpg

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । 

सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आईएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सो सम्झौता अन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आईएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ । 

पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकले क्रिस्टलको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने क्रिष्टलले जनाएको छ । 

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ