arrow

तेलमा रुसलाई घाटा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
europe-union-russia-oil.jpg

रुस । पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ । 

ट्रेजरी रिपोर्टका अनुसार, “मूल्य क्यापको बारेमा व्यापक प्रारम्भिक बजार शङ्काको बावजुद, बजार सहभागीहरू र भूराजनीतिक विश्लेषकहरूले इन्धनको अधिकतम मूल्य सीमाले यसको दुबै लक्ष्यहरू पूरा गरिरहेको छ ।”

विकसित अर्थतन्त्र, युरोपेली सङ्घ र अस्ट्रेलिया र जी-७ समूहले लगाएको प्रतिब्यारेल ६० अमेरिकी डलरको सीमाका कारण रूसको इन्धनबाट सङ्कलन उठ्ने राजस्व युद्धअघिको कूल रूसी बजेटको ३५ प्रतिशतबाट घटेर यस वर्ष २३ प्रतिशतमा खुम्चिएको ट्रेजरीले जनाएको छ । 

रूसी अर्थ मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै ट्रेजरीले यस वर्षको जनवरीदेखि मार्चको बीचमा सङ्घीय सरकारको तेल राजस्व अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले घटेको जनाएको छ । 

गत वर्षको तुलनामा भारतलगायतका मुलुकलाई समग्र रूसी तेल निर्यातमा वृद्धि भए पनि राजस्वमा गिरावट आएको हो । 

यो प्रतिवेदनले जापानमा शिखर सम्मेलन गर्न लागेका जी-७ का नेताहरूका लागि स्वागतयोग्य समाचार प्रदान गर्नेछ । उनीहरूले युक्रेनमा जारी युद्धलाई लिएर नयाँ रूसी प्रतिबन्धहरू र विद्यमान प्रतिबन्धहरूलाई कसरी अझ राम्रो तरिकाले लागू गर्न सकिन्छ भनेर विचार गर्ने अपेक्षा गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ