arrow

जसपाले आयोगलाई गरायो जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
election-commission-nepal.jpg

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । 

केही दिनअघि निर्वाचन आयोगले राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको विषय सात दिनभित्र आयोगलाई जानकारी गराउन भनेको थियो ।

सोहीअनुसार जसपाले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको वेबसाइट र सञ्चारमाध्यमको विवरण उल्लेख गरी बिहीबार आयोगलाई जानकारी गराएको सो पार्टीका कायर्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ