arrow

महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० जेठ ५ गते शुक्रबार, इस्वीसंवत मे १९ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठकृष्णपक्षको अमावश्य तिथि रातिमा ९ः०२ मिनेटसम्म त्यसपश्चात् प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा भरणी बिहानमा ७ः३४ बजेसम्म त्यसउप्रान्त कृत्तिका लाग्नेछ । विष्कुम्भादि योगमा शोभन ३३ घटि २१ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ ।

करणमा चतुष्पद ९ घटि ५६ पलासम्म त्यसपछि किंस्तुध्न लाग्नेछ । आनन्दादि योगमा मुद्गर रहनेछ । सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा दिनमा १ः३८ बजेसम्म त्यसपछि वृष राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३३ घटि ४९ पला अर्थात १३ घण्टा ३४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः१५ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ०६ः४७ बजे हुनेछ । यस्तै, चन्द्रउदय रातिमा ४ः४२ बजे हुनेछ भने चन्द्रअस्त भोलि साँझमा ६ः३८ बजे हुनेछ । आज वटसावित्री व्रत गर्ने र शनि जयन्ती दिन रहेको छ ।

आजको राशिफल 

मेष : आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडादौडी त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ । सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोला ।

वृष : आज मनमा विना कामका चिन्ताले सताउनेछन् । आँफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ । त्यसैले सतर्क हुनु अति आवश्यक छ ।

मिथुन : आज लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन् । कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । आँफूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ । घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ । मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ ।

कर्कट : आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । आँखामा एक्कासी खराबी आउन सक्नेछ । आँटेका कामहरूमा असफलता, सोचेजतिका सबै कामहरूमा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ । आज टाढाको यात्रा नगर्दा नै राम्रो हुने देखिन्छ ।

सिंह : आज स्वास्थ्य भरपर्दो रहनेवाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । चनाखो भइ सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ । समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन ।

कन्या : आज स्वास्थ्यमा खास कुनै गड्वडी देखिनेछैन । तर आँटेका सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ । सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्, तर संघर्ष भने खूब गर्नुपर्नेछ । पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ । समग्रमा आजको समय मध्यम रहनेछ ।

तुला : आज स्वास्थ्यमा त्यति खरावी रहनेछैन । इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ । घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ । आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ । शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ । समग्रमा आजको समय पनि शुभ रहनेछ । भरपूर उपयोग गर्नुहोला ।

वृश्चिक : आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कूलमा लगानी अथवा कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

धनु : आज पनि एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ । सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद हुनेछ । मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन । एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ । आज खाने पिउने मामलामा पनि दुःख पाइने देखिन्छ ।

मकर : आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ । मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ । सतर्क रही कार्य गर्नुहोला । टाढाको यात्रामा जानु पनि ठीक छैन ।

कुम्भ : आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ । आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ । अढैया शनिको प्रभावले केही काम भने विग्रने सम्भावना रहनेछ ।

मीन : आज समय अत्यन्तै खराब छ । आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन । त्यसकारण तपार्इंको मन अस्थिर हुन सक्नेछ । जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ । स्वास्थ्य ज्यादै संवेदनशील रहने देखिन्छ अर्थात आज स्वास्थ्य त्यति भरोषाको रहनेछैन । खानामा गडबढी, कसैले मनमा दुःख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ ।
 

साइतःसूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०५ः१३ बजेदेखि      ०६ः५५ बजेसम्म     चर बेला
बिहान ०६ः५५ बजेदेखि      ०८ः३६ बजेसम्म     लाभ बेला
बिहान ०८ः३६ बजेदेखि      १०ः१८ बजेसम्म     अमृत बेला
बिहान १०ः१८ बजेदेखि       १२ः०० बजेसम्म     काल बेला
दिनमा १२ः०० बजेदेखि       १ः४२ बजेसम्म      शुभ बेला
दिनमा १ः४२ बजेदेखि        ३ः२३ बजेसम्म      रोग बेला
दिनमा ३ः२३ बजेदेखि        ५ः०५ बजेसम्म      उद्धेग बेला
साँझ ५ः०५ बजेदेखि        ६ः४७ बजेसम्म      चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ