arrow

राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्छ : लिङ्देन

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनः स्थापित गर्न अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
rajendra-lingden-rpp-ghosanapatra.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्ने बताएका छन् । पार्टीले भ्रष्टाचारविरुद्ध गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए। उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने सुनाए ।

उनले पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनः स्थापित गर्न देशभर अभियान गर्ने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ