arrow

घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
press meet.jpg

पोखरा । पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । जेठ १७ देखि २० गतेसम्म महोत्सव हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । म्याराथनसँगै अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवसमेत हुने बताइएको छ ।

हिमालको आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा आएर सकिने संयोजक ललित गुरुङले जानकारी दिए ।

सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौसिर हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाइन्छ । ‘दिवस मनाउन म्याराथन आयोजना गरेका छौं’, गुरुङले भने । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको संकट मोचन गर्नेसमेत उनको भनाइ छ ।

म्याराथनमा पुरुषतर्फको विजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्  । दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फको विजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ हात पार्नेछन् ।

पर्यटन सेन्चुरी महोत्सवमा म्याराथनसहित अन्नपूर्ण पत्रकारिता पुरस्कार, हर्स राइडिङ, गुरुङ संस्कार संस्कृतिको प्रदर्शनी, गाँउस्तरीय पुरुष भलिबल प्रतियोगिता र पुरुष खुला बास्केटबल प्रतियोगिता हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार भलिबल र बास्केटबल प्रतियोगितको विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ