arrow

मिशन डिजिटल बेथानचोक, सबै वडामा निःशुल्क वाईफाई

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० जेठ ५ शुक्रबार
bethanchowk-free-wifi.jpg

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले सवै वडाहरुका निःशुल्क इन्टरनेट सेवा शुरु गरेको छ । ‘डिजिटल बेथानचोक’ बनाउने उद्देश्यसहित कार्यक्रम शुरु गरिएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । बिहीबार ढुंखर्कमा आयोजित ‘डिजिटल बेथानचोक’ अवधारणा अन्तर्गत पालिकाका ६ वटै वडाको निश्चित स्थान चयन गरी निःशुल्क वाईफाई कार्यक्रमको उद्घाटन भएको छ ।

 उनले हरेक युग सूचना प्रविधिकै युग थियो, हो र रहन्छ भन्दै सूचना प्रविधिबाट कोही पछ नपरुन् भन्ने अभिप्रायसले सेवा शुभारम्भ गरिएको र ‘डिजिटल बेथानचोक’ बनाउन आफूहरुले घोषणा पत्रमै उल्लेग गरिएको स्मरण गर्दै आगामी दिनमा सेवालाई थप बढाउँदै लैजाने बताए  । 

अधिकारीले भने, ‘यो हरेक क्षण बदलिरहेको छ । ढुंगेयुगको सूचना प्रविधि अहिले काम लाग्दैन । अहिलेको युग भनेको डिजिटल प्रविधि र सूचनाको युग हो । सिंगो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा छ । यो सुविधा तपाई हामी सबैले पाउनु पर्छ । अब सबैले इन्टरनेटबाट बिजुलीका बिल तिर्नेदेखि आफ्नो बैंक खातामा पहुँच पुर्याइ अन्य आर्थिक गतिविधि यसै सेवामार्फत गरौं ।’

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सूचना प्रविधिले जनजीवन दिनानुदिन सहज बन्दै गइरहेको र सूचना प्रविधिले विश्व सानो गाउँ बन्दै गएकोले अब सूचना प्रविधि नागरिकको जीवनसँग जोडिएको बताइन् ।  

नागरिकलाई सूचना प्रविधिसँग जोडन सके हरेक काममा सहजता हुने दैनिकी सहज हुने बताइन् ।  

सो कार्यक्रम अन्तर्गत ६ वटै वडाको सबैलाई पायक पर्ने स्थानमा निःशुल्क वाइफाई क्षेत्र बनाइने गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । 

बेथानचोकमा लोकसेवाको निःशुल्क कक्षा
बेथानचोक गाउँपालिकाले युवा तथा विद्यार्थीहरू लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । सो कक्षामा ३ सय ७५ जनाले सहभागिता जनाएका छन् ।

गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका वा अध्ययन सकेर खाली बसेका विद्यार्थीहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । 

काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीसँगको सहकार्यमा जुममार्फत लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

कक्षा उद्घाटन गर्दै उनले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने घोषणा गरे । ‘म सबै विद्यार्थीहरूलाई मुलुकको खरिदार, शाखाअधिकृत, प्रमुख प्रशासकीय अधिकृत वा कुनै अन्य सरकारी सेवाको सम्भावना बोकेका व्यक्तिका रूपमा हेरिरहेको छु । तपाईंहरू लोकसेवाको तयारी गर्नुहोस्’, अधिकारीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ