arrow

रुपा गाउँपालिका पूर्ण खोप सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
Rupa gaunpali khop.jpg

पाेखरा । कास्कीको रुपा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता दिगोपना घोषणा गरिएको छ । गाउँपालिका भित्रका ५२४ जना बालबालिकालाई खोप लगाएपछि गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । 

अध्यक्ष ओझाले खोपको पहुँचबाट कोही पनि बच्चा नछुटुन् भनेर स्वास्थ्यकर्मीलाई घरमै पठाएर सेवा दिइएको जानकारी दिए । कार्यक्रममा सहभागी जिल्ला स्वास्थ्य कार्यलय प्रमुख वद्रिनाथ आचार्य, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निर्देशक विष्णु सुवेदी, चिकित्सा महाशाखा प्रमुख रमेशकुमार श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का लगायतले बालबालिकाको विभिन्न कारणले हुने मृत्युदर घटाउन कार्यक्रम कोशेढुंगा सावित हुने बताए ।

महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह युवा क्लव, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी लगायत सहभागी गाउँपालिकावासीले सबै बच्चालाई नियमित खोप लगाउनेछौं भनेर वाचा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ