arrow

नीति तथा कार्यक्रम

स्वास्थ्य सेवामा पुनरावलोकन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ramchandra-2080-02-05d.jpg

काठमाडौं । सरकारले स्वास्थ्य विमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने बताए । 

नीति तथा कार्यक्रममा अशक्त, असहाय, र ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भनिएको छ । 

राष्ट्रपति पौडेलले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकका पहुँच स्थापना गरिनेछ । स्वास्थ्य विमा कार्यक्रमको पुनरावलोकन गरिनेछ । 

प्रदेश स्तरमा सेन्टर फर एक्सिलिएन्सको रुपमा र राष्ट्रिय तथा प्रदेश स्तरमा टेलिमेडिसिन स्थापना गरिनेछ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण उपचार सहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ । 

अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य प्रदान गरिनेछ । आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइनेछ । संक्रमक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ