arrow

नीति तथा कार्यक्रम नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन –अर्थमन्त्री महत

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
prakashsharan-mahat-finance-minister-congress-speaker.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यक्तालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् । का‌ग्रेस प्रवक्तासमेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनी सरकारले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमान्दारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागि पर्ने उनको भनाइ छ । मन्त्री महतले भने, ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यक्ता छ देशका लागि, ती कुराहरु सरकारको नीति तथा कार्यक्रममा आएका छन् । मैले फेरि पनि भनेँ–कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु पर्यो । इमान्दार हुनुपर्यो । रातदिन काम गर्नु पर्यो । त्यो काममा हामी लाग्छौं । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् । गरिएको कुरा पूरा गर्नु पर्यो, गर्छौं ।’

मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरुपमा बुझ्न नहुने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ