हैटी । क्यारेबियाली देश हैटीमा आएको शक्तिशाली आँधी ‘म्याथ्यु’ मा परी कम्तीमा सय जनाको मृत्यु भएको छ ।
हैटीका गृहमन्त्रीलाई उधृत गर्दै समाचार एजेन्सी एएफ्पीले आँधीका कारण १०८ जनाको मृत्यु भएको पुष्टि गरे ।
हैटीको दक्षिणी सहर रासे–ए–बातुमामात्र कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
दक्षिणी–पश्चिम क्षेत्रमा देशको सम्पर्क नै टुटेको छ । क्यारेबियाली राष्ट्रहरुमा आएका पछिल्ला आँधीमा म्याथ्युलाई सबैभन्दा शक्तिशाली मानिएको छ ।
यसैबीच, यही आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्यमा पनि आँधी आउन सक्ने खतरा औंल्याइदै उच्च सतर्कता अपनाइएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले दक्षिणी क्यारोलिना राज्यमा संकटकाल घोषणा गरेका छन् ।