arrow

(अपडेट) म्याथ्यु आँधीमा परी हैटीमा २६४ जनाको मृत्यु, हजारौं बेपत्ता, अमेरिकामा पनि खतरा

logo
प्रकाशित २०७३ असोज २१ शुक्रबार
hurricane.jpeg
हैटी । क्यारेबियाली देश हैटीमा आएको शक्तिशाली आँधी ‘म्याथ्यु’ मा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हैटी सरकारले दुई सय ६४ जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । 
 
हजारौं बेपत्ता भएकोसमेत जनाइएको छ । 
 
हैटीको दक्षिणी सहर रासे–ए–बातुमामात्र कम्तीमा ५० जनाको मृत्यु भएको छ । 
 
दक्षिणी–पश्चिम क्षेत्रमा देशको सम्पर्क नै टुटेको छ । क्यारेबियाली राष्ट्रहरुमा आएका पछिल्ला आँधीमा म्याथ्युलाई सबैभन्दा शक्तिशाली मानिएको छ । 
 
यसैबीच, यही आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्यमा  पनि आँधी आउन सक्ने खतरा औंल्याइदै उच्च सतर्कता अपनाइएको छ । 
 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले दक्षिणी क्यारोलिना राज्यमा संकटकाल घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ