arrow

चीनसँग कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
olangchung-gola1.JPG

काठमाडौं । चीनसँग जोडिएको ताप्लेजुङको ओलाङचुङगोला नाका खुलाउन सांसद उर्मिला थेबेले माग गरेकी छन् । 

आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दे चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गरेकी हुन् । 

कोभिड-१९ को सङ्क्रमणपछि बन्द ताप्लेजुङको ओलाङचुङगोला स्थित नाका अझै खुल्न सकेको छैन ।  

नाका नखुल्दा समवर्ती ओलाङचुङगोला लेले क्षेत्रका बासिन्दाका दैनिकी  कष्टकर बनेको छ । 

ओलाङचुङगोला र याङमा गाउँ आसपासका ५ ६ हजार मानिसका लागि तिप्ला नाका जीवनको आधार बनेको छ । 

थेबेले भनिन्,' त्यहाँको सांसदको नाताले ताप्लेजुङका हिमाली जिल्लाको चरम अर्थोक सङ्कट कम गर्न आग्रह गर्दछु ।  चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ