arrow

शरणार्थी प्रकरणमा केपी ओलीको गर्जनभित्र लुकेको रहस्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
kp-oli-tpobahadur-rayamajhi.jpg

काठमाडौं । संसदमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई पनि फसाउने षडयन्त्र भैरहेको अभिव्यक्ति दिए । तर उनले कसलाई कसरी फसाउन लागेको भनेर केही खुलाएनन् । 

एमालेकै सचिव टोपबहादुर रायमाझी र एमालेका सल्लाहकार परिषद सदस्य इन्द्रजित राई नै प्रमुख योजनाकारको रुपमा देखिएका बेला उनले कसलाई फसाउन लागेको भन्ने बारेमा केही नबताएपछि कौतुहलता पैदा भएको छ । 

उनले भुटानी शरणार्थीसँगै नेपाललीलाई ठगेर अमेरिका पठाउने घटना दबाउन नसक्ने भएकाले आफैँ विस्फोट भएर आएको दाबी गरे । ‘भुँइचालो गए जस्तो भएर आयो, भुँइचालो मैले ल्याएँ भन्नु बेकार छ, आफैँ आयो, यो भुँइचालो आयो छेक्न सकिँदैनथ्यो, रोक्न सकिँदैन्थ्यो, ९७५ जना मान्छेहरूको अब ९९ जना मात्र मान्छे शरणार्थीका नाममा खाली रहेछ,’ उनले भने ।

तर रायमाझी र इन्द्रजित भन्दा पछि बालकृष्ण खाँड गृह मन्त्रालयमा आएका थिए । २०७८ पुस २९ मा गृहमन्त्री भए, २०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाँडसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमा नै भेटेर ‘मिटिङ’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको भए पनि ओलीले त्यस बारेमा भने केही भनेनन् । 

गिरोहले पहिलो चरणमा रायमाझी र राईलाई जोडेको थियो भने बालकृष्णलाई गिरोहले दोस्रो चरणमा जोडेका थिए । पहिलो चरणको प्रक्रियामा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । 

बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, छोरा प्रतीक थापा र नेकपा एमालेका सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझीमार्फत नै काम भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको दाबी छ । 

शरणार्थीको नाममा ठगी धन्दा चलाउने मुख्य योजनाकार टोपबहादुर रायमाझी, ‘बादल’का सुरक्षा सल्लाहकार डा.  राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन् । 

सानु भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका थिए । ललितपुर महानगरपालिका–२३ मा बस्छन् सानु भण्डारी । पूर्व उपप्रधानमन्त्री रायमाझी पनि सानुको घर नजिकै छ । 

भण्डारीले रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् । मोरङका केशव दुलालसँग चिनजान भएपछि आफूलाई ‘भुटानी शरणार्थी सम्बन्धी प्रोजेक्टमा लगानी गरौं’ भनेर प्रस्ताव आएको भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएपछि रायमाझी नै भण्डारीको योजनामा सहभागी भएको स्पष्ट देखिन्छ । 

भण्डारीले भनेका छन्, ‘मसँग केही पैसा थियो, लगानी गरेर काम शुरु गरेका हौँ ।’टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ । 

इन्द्रजितले सो धन्दामा ‘बादल’का छोरा प्रतीक थापालाई सहभागी गराएका थिए । थापा अहिले फरार छन् भने उनका बाबु पूर्व गृहमन्त्री बादल भने मौन रहेका छन् । 

ओलीले संसदमा सम्बोधन गर्दै गर्दा रायमाझी र राईलाई नीतिमा प्रभाव पारेको भन्दै प्रहरी अनुसन्धान प्रतिवेदन तयार पार्दै थियो । ओलीले भने शरणार्थी प्रकरणपछि आफू प्रधानमन्त्रीसँग मेरो मान्छे बचाइदेउ भन्न नगएको दाबी गर्दै निर्दोष मान्छे फसाउन लागिपरेको मात्रै दाबी गरिरहे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ