arrow

रविको अमेरिकी राहदानी त्यागेको निस्सा भेटिएन, दोष कसको ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
rabi-lamichhane-chitwan-2-rsp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण सरकारी अड्डामा फेला पर्न सकेको छैन । सर्वोच्च आदालतले माग्दा पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पठाउन नसकेको हो । 

निस्सा आफ्नो कार्यालय सम्बन्धित नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जवाफ पठाएपछि उनको निस्सा कहाँ छ भनेर कसैलाई थाहा छैन ।  जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नै जाँच नगरी एकै दिनमा नागरिकता दिएका थिए । 

सो विषयमा सर्वोच्चमा परेको रिटको सुनुवाई हुने क्रममा सर्वोच्च अदालतले जिल्ला प्रशासनसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको थियो । अदालतको पत्रको जवाफमा कार्यालयले ‘राहदानी त्यागसम्बन्धी निस्सा यस कार्यालय सम्बन्धित नरहेको’ उल्लेख गरी जवाफ पठाएको छ । 

जिल्ला प्रशासन कार्यालयले जेठ ३ गते पठाएको जवाफमा ‘उक्त राहदानी त्यागसम्बन्धी निस्साको यस कार्यालयसँग सम्बन्ध नरहेको’ व्यहोरा उल्लेख छ ।

उता विभागले पनि पुस २६ गते नै सोसम्बन्धी कागजातको सक्कल प्रति आठ थान पठाएकाले हाल आफूसँग नरहेको जवाफ दिएको छ । ‘अदालतबाट पुनः यस विभागमा फिर्ता नपठाइएको व्यहोरा सादर अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालयले लेखेको पत्रमा उल्लेख छ । 

अदालतले अध्यागमनसँग पनि सोही प्रकृतिको निस्सा माग गरेकोमा यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाएको र सो अदालतमै रहेको उल्लेख छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय रहेको प्रमाणित गरेपछि उनले नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सक्रिय गराएका थिए । 

लगत्तै उनले राहदानी विभागमा गएर आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्दै लिएको नेपाली राहदानी फिर्ता गरेका थिए ।  

उनीविरुद्ध राहदानी दुरुपयोगमा परेको जाहेरीमा प्रहरी हुँदै न्यायाधीवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । 

राहदानीसम्बन्धी मुद्धा बाँकी नै हुँदा उनी चितवनबाट उपनिर्वाचन लडेर निर्वाचितसमेत भैसकेका छन् ।

यसअघि नागरिकता विवादमा रविले चितवन २ बाटै मंसिर ४ मा चुनाव जितेर उपप्रधान तथा गृहमन्त्री बनेकामा अवैध ठहरेपछि पद गुमाउनु परेको थियो । 

अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण सरकारी अट्टामा फेला नपरे फेरि अर्को विपद् आउन सक्ने देखिएको छ । तर यो निस्सा नभेटिनुको दोष कसको हो ? खोजी जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ