arrow

भनभनेमा निःशुल्क स्वास्थ्य शिविर, छ सय बिरामीले लिए सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
bhanbhane-health-check-up.jpg

गुल्मी । ‘भनभनेलीहरुका लागि भनभनेलीहरुको सहकार्य’ भन्ने मूल नाराका साथ शनिबार गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मदाने गाउँपालिका वार्ड ७ र भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको संयुक्त संयोजन तथा रेडियो रेसुङाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न  भएको हो । उक्त  शिविरमा हाडजोर्नी रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र जनरल फिजिसियन रोग विशेषज्ञ सेवा सहितको विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा निशुल्क औषधि वितरण र ल्याब सेवा र भिडियो एक्सरे सहितको सेवा प्रदान  गरिएको थियो ।

उक्त शिविरमा मदाने गाउँपालिका लगायत छिमेकी पालिकाका करिब छ सय बिरामीले सेवा लिएका थिए । उक्त शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा कपिलमणि केसी, जनरल फिसियन डा सुशील पोखरेल र स्त्रीरोग विशेषज्ञ डा सोफिया थापाद्वारा सेवा प्रदान गरिएको थियो । 

उक्त शिविरको लागि सिद्दार्थ फर्मास्युटिकल्स प्राली, एसियन फर्मास्युटिकल्स प्राली र कृश मेडिसिन सप्लायर्स लगायतका धेरै संघसंस्थाबाट निःशुल्क औषधि उपलब्ध गराइएको थियो । 

उक्त शिविरमा उपस्थित भइ सेवा लिने र दिने सबैलाई संस्थाका तर्फबाट अध्यक्ष लोकनाथ पन्थीले हार्दिक धन्यवाद दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ