arrow

शून्य समयमै सांसदहरु गायब

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
devraj-ghimire-speaker-2080-02-08.jpg

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको रुची घट्दै गएको छ । सोमबारको बैठकको शून्य समयमै नाम लेखाएरसमेत आधा दर्जन सांसदहरु अनुपस्थित रहे । 

सभामुख देवराज घिमिरेले तीन पटकसम्म चिच्याएर नाम लिँदासमेत सांसदहरु नभएपछि सभामुखले अन्य सांसदलाई बोलाउनु परेको थियो । 

आखिर कहाँ जान्छन् सांसदहरु बैठक शुरु हुना साथ ? 

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि आइतबारदेखि यसैमाथि छलफल भइरहेको हो । २० सांसदले संशोधन प्रस्तावसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ