arrow

जेलेन्स्कीसँग भेट नभएकोमा लुला दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
volodymyr-zelensky-ukraine.jpg

ब्राजिल ।  ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी-सेभेन) शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’ भएको बताएका छन् ।

हिरोशिमामा भएको शिखर सम्मेलनबाट नयाँ कूटनीतिक समर्थन र थप सैन्य सहायताको प्रतिबद्धताका पाएका जेलेन्स्कीले लुलासँग एक्लाएक्लै भेटको माग गरेका थिए ।

दुवै नेताले समय तालिकाको विवादले उनीहरूलाई बैठक गर्नबाट रोकेको बताएका छन् । जेलेन्स्कीले आफ्नो व्यस्थताले ब्राजिलियाली समकक्षीलाई ‘निराश’ बनाएको हुन सक्ने स्वीकारेका थिए । 

लुलाले भने, “म निराश थिइनँ तर दुःखी छु किनभने म उनलाई भेट्न र यस विषयमा छलफल गर्न चाहन्थेँ ।”

उनले थपे, “जेलेन्स्की एक वयस्क व्यक्ति हुनुहुन्छ । उनलाई थाहा छ कि उनले के गर्नुभयो ।” 

लुलाका अनुसार उनको टोलीले आइतबार दिउँसो जेलेन्स्कीसँग बैठक गर्ने कार्यक्रम तय गरेको छ । लुलाले थपे, “युक्रेनी नेता ढिलो आइपुग्नुभएको र त्यसपछिको लागि उनको अरू नै कार्यक्रम तय थियो ।” 

शिखर सम्मेलनमा जेलेन्स्कीलाई जी-सेभेनका नेताहरूको ठूलो समर्थन प्राप्त भएको थियो, जसमा लामो समयदेखि अमेरिकाले सहयोग गर्ने भनेको एफ-१६ लडाकु विमानको पहुँचका लागि घोषणा पनि भएको थियो भने अन्य सहयोगी मुलुकबाट पनि लामो दूरीमा हान्न मिल्ने हतियारका लागि प्रतिवद्धता आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ