arrow

योगेशलाई देवेन्द्रले सोधे- माननीयजी हिजो जङ्गलका भालु, माछा, अर्नाहरू लडेका थिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
devendra1-poudel.JPG

काठमाडौं ।  नेकपा(एमाले)का सांसद योगेश भट्टराईलाई  नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सशस्त्र  द्वन्दकालमा को लडेको थियो भनी प्रश्न गरेका छन् । हिजोको प्रतिनिधि सभाको बैठकमा पौडेलले  सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताए । 

भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए। भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र डुङ्गाहरूले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पारे । उनले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोश पल्टाएर हेर्न पनि आग्रह गरे । 

उनले भने – ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछा युद्ध थियो ? भालु युद्ध थियो ? जङ्गलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुङ्गाहरू लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरूले लडेका युद्ध थियो ।'

उनले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफू हजार पटक आँखा जुधाएर बहस गर्न तयार रहेको बताए । उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे । उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ