arrow

हावाहुरीले कागती खेती नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
lemon.jpeg

तनहुँ ।  केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा  नोक्सान पुर्याएको छ । स्थानीयवासी  राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरेको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो । 

छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उनले जानकारी दिए । उनका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ ।

व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ