arrow

सुत्केरीको हेलिकप्टरबाट उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
mahila-uddar.JPG

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ उकुकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । उकुकी २७ वर्षीया पुष्पा महराको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

आइतबार गाउँकै स्वास्थ्य चौकीमा महराले बच्चा जन्माएकी थिइन् । ७ महिनामै जन्मेको बच्चाको श्वासप्रश्वासमा समस्या देखिएकाले सोमबार आमा र बच्चालाई जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । 

बच्चाको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ