arrow

नवनियुक्त मन्त्रीको शपथ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त भएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।

दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । 

मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ