arrow

स्वास्थ्यकर्मीको भरमा वडा कार्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
nurse1.jpg

रोल्पा ।  रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् । 

पाँचवटा वडा रहेको गाउँपालिकामा चारवटा वडामा स्वास्थ्यकर्मी र एउटा वडामा कृषि प्राविधिकले वडा सचिवको काम गर्दै आएका छन् । गाउँपालिकाको वडा नं १ मा एचए, वडा नं २ मा कृषि शाखाका प्राविधिक कर्मचारी, वडा नं ३ मा अनमी, वडा नंं ४ र ५ मा अहेवले वडा सचिवको काम गरिरहेका छन् । थवाङ गाउँपालिकाको वडा नं १ र २ साविक थवाङ गाविस, वडा नं ३ साविक मिरुल गाविस र वडा नं ४ र ५ साविक उवा गाविस पर्दछन् ।

स्वास्थ्यकर्मी र कृषि प्राविधिकले वडा सचिवको काम गर्दा सेवा प्रवाह राम्रो नभएका वडा अध्यक्षहरुको गुनासो छ ।  उहाँले पटक–पटक माग गर्दा पनि प्रशासनिक कर्मचारी उपलब्ध नभएपछि प्राविधिक कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएका छौँ, प्राविधिक कर्मचारीलाई वडा सचिवको काम दिँदा प्राविधिक काम पनि प्रभावित भएको बताए ।

थवाङ जनसङ्ख्या र क्षेत्रफल दुवै हिसाबले जिल्लाकै सबभन्दा सानो स्थानीय तह हो । जिल्लाकै दुर्गम मानिने सो गाउँपालिका जिल्ला सदरमुकाम लिवाङवाट २८ कोश उत्तरमा पर्दछ । दुर्गम भएका कारण सो गाउँपालिकामा कर्मचारी हत्तपत्त जान मान्दैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ