arrow

तालिवानद्वारा विमानस्थललक्षित आक्रमण, आठको मृत्यु

logo
प्रकाशित २०७२ मंसिर २३ बुधबार
talean.jpg.jpeg
कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा अवस्थित कान्दाहार विमानस्थल परिसरमा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको समाचार छ । सो इलाकामा गएराती रातभरी दोहोरो गोली हानाहान भएको अधिकारीहरुले जनाएका छन् । मारिनेमा सैनिक र सर्वसाधारण नागरिक परेका अधिकारीहरुले जनाएका छन् । तर के कतिजना सैनिक र कति सर्वसाधारण परेका छन् भन्ने बारेमा भने केही खुलाइएको छैन । 
 
कान्दाहार प्रान्तका सैनिक कमाण्डर दउद साह वफादारले यस आक्रमणमा मारिने व्यक्तिको सङ्ख्या १८ पुगेको जानकारी दिएका छन् । बुधबार विहान भएको यस आक्रमणमा अज्ञात सङ्ख्याका आतङ्ककारी मारिएको सरकारी दावी रहेको छ । तर ती आक्रमण भएको सो इलाका नेटो शिवीरसँग जोडिएको बताइएको छ । अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सम्मेलनमा भाग लिनको लागि पाकिस्तान पुग्नुभएकै दिन बुधबार यो आक्रमण भएको समाचारमा जनाइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ