arrow

अमेरिका र चीन सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्नेमा जोड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
china-usa_1617870008.jpg
तस्बिर – फाइल ।

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत सी फेङले वासिङ्टनलाई चीनसँग वार्ता बढाउन, मतभिन्नता व्यवस्थापन गर्न र सहयोग प्रवद्र्धन गर्न आग्रह गरेका छन् । 

“जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार अपराह्न आइपुगेका सीएले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने “राष्ट्रपति सी चिनफिङबाट संयुक्त राज्य अमेरिकाका लागि १२ औं चिनियाँ राजदूतको रूपमा नियुक्त गर्न पाउँदा म निकै गौरवान्वित छु । मेरो काम सम्बन्धहरूलाई सही मार्गमा फर्काउने हुनेछ ।” 

उनले भने, “हाल, चीन–अमेरिका सम्बन्धमा गम्भीर चुनौतीहरू आएका छन् चिनियाँ राष्ट्रपति सी चिनफिङले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको भलो हुनेगरी सहकार्यका तीन सिद्धान्तअघि सार्नुभएको छ, जसले नयाँ युगमा दुई देशलाई एकअर्कासँग घुलमिल हुनका लागि आधारभूत र सही मार्गको प्रतिनिधित्व गर्दछ ।”
 
उनले थपे, “हामी आशा गर्दछौं कि संयुक्त राज्य अमेरिका चीनसँग पनि त्यही दिशामा अघि बढ्नेछ, र दुई जनता र विश्वको साझा हितमा काम गर्नेछ । ताइवान प्रश्न जस्ता महत्त्वपूर्ण र संवेदनशील मुद्दाहरूलाई चीन–अमेरिकाको तिनै तीन सिद्धान्तअनुसार उचित तरिकाले समाधानको पहल गरिनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ