arrow

श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
srilanka-flag.jpg

काठमाडौं । श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपाल आएको छ । आयोगका अध्यक्ष उप्ले एबेराथ्ने नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेको हो । 

श्रीलङ्काको सूचना आयोगको प्रतिनिधिमण्डललाई आज नेपालको राष्ट्रिय सूचना आयोगका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

राष्ट्रिय सूचना आयोगको प्रवक्ता कमला ओली थापाका अनुसार अध्यक्ष एबेराथ्नेसहितको प्रतिनिधिमण्डलले नेपालमा सूचनाको हकको कार्यान्वयनका विषयमा छलफल गर्ने कार्यक्रम छ । छलफलमा नेपालको तर्फबाट दुई देशका आयोगबीच हुने समझदारीपत्र प्रस्ताव गरिनेछ । 

यस्तै, प्रतिनिधिमण्डलले न्यायमा पहुँच परियोजना, राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल, नेपाल बार एसोसिएसन, फ्रिडम फोरम, सूचनाको हक महासङ्घ र अन्य गैरसरकारी सङ्घसंस्थासँग सूचनाको हकको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ