arrow

जलहरी सुनको हो, होइन दूधको दूध पानीको पानी हुने गरी छानबिन हुनुपर्छ : नेम्वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
subash-samsad.JPG

काठमाडौं ।  एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुने गरी छानबिन हुनुपर्ने बताएका छन् । पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ माग गर्दै उनले यस्तो बताएका हुन् । 

नेम्वाङले सदन अवरुद्ध गर्ने दलको रहर नभई जिम्मेवार दलका जिम्मेवार सांसदले लगाइएको मिथ्या आरोप गम्भीर भएको बताए । सत्तापक्षका सांसदले आफूहरूलाई सुनको जलहरीको सट्टा पित्तलको चढाएर भ्रष्टाचार गरेको भनी गम्भीर आरोप लगाएको भन्दै दुःख व्यक्त गरे । सुनको जलहरी हो, होइन दूधको दूध पानीको पानी हुने गरी छानबिन गर्न उनले माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ