arrow

कोलम्बियाका राष्ट्रपतिलाई नोवेल शान्ति पुरस्कार

logo
प्रकाशित २०७३ असोज २२ शनिबार
nobel-prize.png
ओस्लो । यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोषलाई  दिइने भएको छ । 
 
कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्य गरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उनलाई सो पुरस्कार दिइएको जनाइएको छ । 
 
कोलम्बियामा विगत लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यका लागि कोलम्बियाली राष्ट्रपति सातोषको योगदान महत्वपूर्ण रहेको सो पुरस्कार छनोट समितिले जनाएको र सो पुरस्कार प्रदान गरिएको पनि जानकारी दिएको छ । 
 
कोलम्बियामा विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया फार्क विद्रोही समूहले आधा शताब्दीभन्दा लामो समयदेखि जारी राखेको हिंसाको अन्त्यका लागि भन्दै गत महिनामात्र अघि शान्ति सम्झौता भएको थियो । 
 
त्यस शान्ति सम्झौताका लागि राष्ट्रपति सान्तोषले अह्म भूमिका खेलेको बताइएको छ । उनको सो भूमिकाका कारण नै यस सम्झौता र शान्तिको सार्थक प्रयास सम्भव भएको बताइएको छ । 
 
सो शान्ति सम्झौतापछि विद्रोहीहरु देशमा दिगो शान्तिका लागि तयार रहेको बताइएको छ । तर गत हप्तामात्र सो शान्ति सम्झौताको अनुमोदनका लागि भन्दै गरिएको जनमत सङ्ग्रहमा नागरिकले भने त्यसको अनुमोदन गर्न मानेका थिएनन् । 
 
कोलम्बियाली नागरिकले उक्त शान्ति सम्झौतामा विगत लामो समयदेखि हत्या र हिंसा मच्चाइरहेका विद्रोहीलाई आममाफी दिनेजस्ता विषय प्रस्ताव गरिएको भन्दै उक्त सम्झौतालाई अनुमोदन नगर्ने पक्षमा जनमत दिएका हुन् । 
 
जनमत सङ्ग्रहको यो परिणामपछि आगामी दिनमा अब शान्तिको प्रयास के कसरी अघि बढ्छ भन्ने बारेमा भने केही बताइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ